६ आश्विन २०८१, आइतबार | September 22, 2024

२०८४ मा बालेन कि रवि ?


December 23, 2023
830
Shares

काठमाडौं, ७ पुस । देशमा मिसन २०८४ चलिरहेको छ । दल खोलेको केही महिनामै संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उतारेर चौंथो ठूलो दल बनाउन सफल रवि लामिछाने देश तथा विदेश दौडाहामा छन् । रविको मिसन ८४ तिव्र गतिमा बढिरहेको छ ।

रवि भारत, यूरोप र खाडी देशमा पुगिरहेका छन् । उनी देशभित्र पनि संगठन विस्तारमा छन् । उनको दलमा नाम चलेका व्यक्तिहरुको ओइरो देखिन्छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पनि २०८४ को चुनाव अगावै भित्री योजनामा देखिन्छन् । उनी पनि आफ्नो टिम बनाएर बढ्न खोज्दैछन् । जुन सतहमा देखिइसकेको छैन । बालेन रविको तुलनामा लोकप्रीय छन् । उनको लोकप्रीयता र प्रभावकारिता त बेला बेलामा झल्किइसकेको छ ।

मधेशी समुदायको युवाले पहिलोपटक काठमाडौंमा चुनाव जित्नु सामान्य घटना थिएन । उनले स्वतन्त्र उम्मेदवारी दिएर लामो इतिहास बोकेका दलका प्रभावशाली नेताहरुलाई माथ खुवाए ।

कतिपयले बालेन र रविको मिलन गराउने प्रयास पनि गर्न खोजेका छन् । तर, त्यो सम्भावना कमजोर देखिन्छ ।

बालेनले नयाँ दल खोलेमा रवि लामिछानेलाई ठूलो असर पर्ने देखिन्छ । बालेनको लोकप्रीयता र प्रभावकारिता रविको भन्दा बढी देखिएको छ । यसकारण पनि बालेनले नयाँ दल खोलेर २०८४ को चुनावी मैदानमा आएमा राजनीतिमा ठूलै भुइँचालो आउनसक्छ ।

प्रतिक्रिया