४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रचण्ड सरकारमा मन्त्री फेरिने, को को हट्लान्


December 22, 2023
2.8k
Shares

काठमाडौं, ६ पुस । प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री फेरिने भएका छन् । प्रचण्ड स्वयंले १० पुसपछि मन्त्री फेर्ने बताएका छन् ।

शुक्रबार मिक्लाजुङमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले मन्त्री फेरेर भएपनि परिणाम दिने गरी काम गर्ने बताएका हुन् । यसअघि नै सरकारका मन्त्री फेरिने विषय चर्चामा थियो ।

फेरिने मन्त्रीहरुमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एसका सबै नै रहेको बुझिएको छ । कृषिमन्त्री डा. बेदुराम भुसाल, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई पनि हट्ने भएका छन् । उनीहरुको ठाउँमा नयाँ मन्त्री जाने भएका छन् ।

नेपाली काँग्रेसबाट धनराज गुरुङ, मोहनबहादुर बस्नेत र सुरेन्द्रराज आचार्य हट्ने सम्भावना रहेको छ । गुरुङ र बस्नेत विवादमा परेकाले प्रचण्ड असन्तुष्ट बनेको बुझिएको छ ।

माओवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती हटाइने सूचीमा छन् । उनी पछिल्लो समय हिन्दुविरोधी अभिव्यक्ति दिएर विवादमा परेका छन् ।

नारायणकाजी श्रेष्ठको पनि मन्त्रालय हेरफेर हुने सम्भावना रहेको छ । सञ्चारमा रेखा शर्माको ठाउँमा नयाँ मन्त्री ल्याउने तयारी भएको छ ।

विश्वस्त स्रोतका अनुसार माओवादीले अर्थ लिएर काँग्रेसले गृह मन्त्रालय लिने गरी कुरा मिलाइएको छ ।

खानेपानीमन्त्री महिन्द्र राय यादव, वनमन्त्री वीरेन्द्र महतो पनि हटाइने बुझिएको छ । उनीहरुको कार्यक्षमतामा प्रश्न उठेको छ ।

प्रतिक्रिया