१२ श्रावण २०८१, शनिबार | July 27, 2024

हिन्दु धर्ममाथि प्रहार गर्न संस्कृतिमन्त्रीमा सुदन किराँतीको योजनावद्ध नियुक्ति


December 22, 2023
1.5k
Shares

काठमाडौं, ६ पुस । सुदन किराँतीको सस्कृतिमन्त्रीमा नियुक्ति योजनावद्ध थियो । भोजपुरबाट गठबन्धन उम्मेदवार बनेका सुदनले चुनाव जितेका थिए । उनी हिन्दुविरोधी गतिविधिमा सक्रिय रहँदै आएका थिए । पूर्वी नेपालमा विगतमा हिन्दुमाथि प्रहार गर्न सक्रिय रहँदै आएका थिए ।

किराँती क्रिश्चियन धर्मालम्बी हुन् । उनले यो कुरा नखुलाएपनि उपत्यकावासी संयुक्त ख्र्रीष्टमस महोत्सव २०८० मा मंगलबार हामी शब्द उच्चारण गरेका थिए । यसबाट पनि उनी क्रिश्चियन भएको पुष्टि हुन्छ ।

क्रिश्चियनहरुको कार्यक्रममा उनी निकै जोस्सिए । क्रिश्चियन मान्दिनँ भन्नेलाई देशद्रोहीका. संज्ञा दिदै जेल हालिदिने धम्की दिए । किराँतीले भने, ३ करोड नेपालीमा लाखौं क्रिश्चियनहरु भइसकेका छन् । क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।

किराँतीको हिन्दुविरोधी गतिविधिमा संलग्न रहेका धेरै उदाहरणहरु छन् । पूर्वी नेपालमा चलेको हिन्दुविरोधी योजनाहरुमा उनको भूमिका रहेको छ ।

सुदन किराँतीको नियुक्ति यसकारण पनि भएको हो मन्त्रीमा । उनलाई हिन्दु धर्मविरोधी गतिविधिमा सक्रिय बनाएको छ । पशुपति विकास कोषमा कार्यकारी निर्देशक बनाइएकी लक्ष्मी पुन हिन्दु धर्मविरोधी हुन् । उनी पशुपति क्षेत्रमा क्रिश्चियनलाई चिहान बनाउन दिनुपर्ने पक्षमा लेख्दै र बोल्दै आएकी छिन् । उनको नियुक्ति पनि योजनावद्ध छ ।

माधव नेपालको दल नेकपा एसबाट कोषमा सदस्य नियुक्त भएकी रेणुका पराजुली पनि होली वाइन गिरोहसँग आवद्ध छिन् । उनको नियुक्ति पनि विवादास्पद रहेको छ । पशुपतिमा हिन्दुविरोधी गतिविधिमा सक्रियलाई नियुक्ति दिलाउने किराँतीको योजना अनुसार नै हो । जसरी उनी हिन्दुविरोधी गतिविधिमा सक्रिय छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया