३१ भाद्र २०८१, सोमबार | September 17, 2024

देशलाई अरबौं नोक्शानीमा पार्ने ४ रुख


December 20, 2023
1.7k
Shares

काठमाडौं, ४ पुस । नेपाली सेनाले निर्माण गरिरहेको फाष्ट ट्रयाकको लागत लगातार बढिरहेको छ । सुरुमा एक खर्ब १२ अर्बको लागत बढेर २ खर्ब १४ अर्ब पुर्याइयो ।

निर्माण अवधि बढाएर अहिले २०८३ साल बनाइएको छ । तर, सेनापति प्रभुराम शर्मा आफै समयमै फाष्ट ट्रयाक पूरा नहुने बताउन पुगे । उनले देखाएको विविध कारणमा ४ रुखको विषय पनि आयो ।

४ रुख कटान गर्न ९ महिना लागेको भन्दै संसदको राज्य व्यवस्था समितिमा अभिव्यक्ति दिएका छन् । बुधबार उनले फाष्ट ट्रयाकमा विभिन्न अवरोधको सामना गर्नुपरेको सुनाए ।

वास्तवमा फाष्ट ट्रयाक ढिलाईमा लागत बढाउने खेल पनि रहेको छ । यसको लागत ३ खर्ब नघाउने चलखेल भइरहेको छ । यसका लागि विभिन्न बहाना खोजिएको छ ।
फाष्ट ट्रयाकमा व्यापक भ्रष्टाचारको विषय पनि उठिरहेको छ । इन्स्योरेन्समा पनि चलखेल भेटिएको छ ।

सेना जस्तो संवेदनशील क्षेत्रलाई नै बदनाम बनाउने गरी फाष्ट ट्रयाकमा विभिन्न गिरोहको सक्रियता देखिदै आएको छ ।

प्रतिक्रिया