१२ श्रावण २०८१, शनिबार | July 27, 2024

हिन्दुराष्ट्रको मागसहित राप्रपाद्वारा आन्दोलनको घोषणा


December 19, 2023
3.1k
Shares

सुरेन्द्रबहादुर खत्री सिलवाल, ३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्रको पुनःस्थापना र प्रदेश खारेजीको मागसहित आन्दोलनको घोषणा गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।

आइतबारबाट बसेको बैठकपछि बुधबार आन्दोलनको घोषणा भएको हो । आन्दोलनका कार्यक्रम अनुसार पुस र माघमा देशभर सभा र आन्दोलनको तयारीका कार्यक्रमहरु गरिने तय छ ।

फागुनमा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने तय गरिएको छ ।

आन्दोलन मुल समितिको अध्यक्ष पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन रहने उल्लेख छ । आन्दोलन परिचालन समितिको संयोजक महामन्त्री डा. धवल शमशेर राणा, आर्थिक परिचालन समिति संयोजकमा कोषाध्यक्ष निलकण्ठ काफ्ले, प्रचार तथा प्रसार समितिको संयोजकमा प्रवक्ता मोहनकुमार श्रेष्ठ रहनेछन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया