३ आश्विन २०८१, बिहिबार | September 20, 2024

त्रिविमा भागबण्डा होइन मेरिटको आधारमा नियुक्ति गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड


December 18, 2023
0
Shares

काठमाडौं, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयो दिक्षान्त समारोहले विश्व इतिहासमा नयाँ रेकर्ड राखेको बताएका छन् । दिक्षान्त समारोहमा बोल्दै उनले भने,‘आजको दिक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दिक्षान्त समारोहको तमाम श्रृङ्खलामा एउटा रेकर्ड हुन गयो।’

प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने, मेरिटको आधार उपकुलपति लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता समेत गरे । त्यसका निम्ति उनले खुला प्राज्ञिक प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभर रहेका विज्ञ नेपालीहरूलाई विशेष आव्हान पनि गरे ।

‘राजनीतिक दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबण्डा होइन मेरिटको आधारमा नियुक्ति गर्नका लागि अग्रसर हुन अपील गर्दछु।’उनले भने ।

त्रिविले आज दशरथ रंगशालामा ४९औं दिक्षान्त समारोहको आयोजना गरेको थियो ।
‘अफिसियल वर्ल्ड रेकर्ड’ नामक संस्थाले २६ हजार भन्दा बढी मानिसको भौतिक उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न गरेको भन्दै त्रिविलाई विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरेको हो ।

दीक्षान्त समारोहको इतिहासमै २६ हजार भन्दा बढीको सहभागिता रहेको र त्यसमा महिलासहितका महानुभावहरु (अभिभावक, दीक्षित विद्यार्थी र अतिथिहरु) को उपस्थिति रहेको त्रिविलाई प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ ।

प्रतिक्रिया