३१ भाद्र २०८१, सोमबार | September 17, 2024

 शिक्षाक्षेत्रलाई दलीय राजनीतिक मुक्त क्षेत्र बनाउने अठोटका साथ प्राज्ञिक विद्यार्थी परिषद् नेपाल देशव्यापी सदस्यता अभियानमा


December 18, 2023
6.3k
Shares

काठमाडौं, २ पुस । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशव्यापी सदस्यता अभियानलाई गति दिएको छ । परिषद्ले आइतबारबाट अभियान चलाएर देशव्यापी सदस्यता वितरण गरिरहेको छ ।

१ देखि ११ पुससम्म चल्ने अभियान देशको सबै जिल्ला र पालिकाहरुमा रहेका शिक्षालयमा पुगी हुने जनाइएको छ । परिषद्ले काठमाडौंको गीतामाता माविबाट १ पुसमा सदस्यता वितरण गरेर अभियान शुभारम्भ गरेको हो ।

प्राज्ञिक विद्यार्थी परिषद्को सदस्यता निःशुल्क रहेको छ । परिषद् देशको एकमात्र स्वतन्त्र विद्यार्थी संगठन हो जसको कुनै राजनीतिक दलसँग आवद्धता छैन ।

परिषद्ले शिक्षाक्षेत्रलाई दलीय राजनीतिक मुक्त क्षेत्र बनाउन, विद्यार्थीलाई समग्र विकासका लागि विविध रचनात्मक गतिविधिसँग जोडिन, राष्ट्र प्रथम भावको विचारसँग आवद्ध रहन र विद्यार्थी शक्तिलाई राष्ट्र शक्तिको रुपमा सदुपयोग गर्न अभियानलाई गति दिएको जनाएको छ ।

प्रतिक्रिया