१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अशोक सिग्देललाई सेनापतिको लाइनमा राख्नेगरी रथीमा बढुवा


December 14, 2023
332
Shares

काठमाडौं, २८ मंसिर । नेपाली सेनाको रथीमा अशोक सिग्देल बढुवा भएका छन् । उनलाई बिहिबार बसेको मन्त्रिपरिषद्ले रथीमा बढुवा गरेको जनाइएको छ ।

ताराध्वज पाण्डेको नागरिकता विवादमा परेपछि अशोक सिग्देलको रथी बन्ने मार्ग खुलेको हो । पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि जँगी अड्डाले सिग्देलको बढुवा सिफारिश गरेकोमा रक्षा हुँदै मन्त्रिपरिषद्मा सिफारिश भएको थियो ।

सिग्देल सेनापतिको लाइनमा पुगेका छन् । वर्तमान प्रधानसेनापति प्रभुराम शर्मा २०८१ को भदौमा सेवानिवृत्त भएपछि सिग्देलको बढुवा हुने देखिएको छ । तर, उनको पनि नागरिकता विवादमा परी उजूरी परेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया