कामले लोकप्रीय पुष्कर खड्का

सुरेन्द्रबहादुर खत्री सिलवाल, भक्तपुर । एक्सनमा गएर काम देखाउने नाम हो पुष्कर खड्का । उनी समाजसेवा र विकासका क्षेत्रमा जहाँ हात हाल्छन् त्यहाँ सफलता हात पारेरै छाड्छन् । त्यसकारण पनि उनलाई जनताले मत दिएर जिताए ।
समाजसेवामा सधैं अग्रसर रहने खड्काले यसैमा आफूलाई आनन्दको अनुभूती हुने बताए । उनी समाजसेवामा समर्पित भइरहन चाहन्छन्।
जनप्रतिनिधिमध्ये उनी लोकप्रीय पनि छन् खड्का । जनताको पीरमर्का बुझ्न वडामा खटिइरहन्छन् । आफूले सकेको सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्छन् । आखिर समय न हो कटिइहाल्छ तर कुन क्षेत्रमा लगाउने आफ्नै हातमा छ । खड्का जनताको दुःखलाई आफ्नो सम्झिएर खटिइरहन्छन् । यसकारण पनि उनी भक्तपुरमा लोकप्रिय बनेका हुन्। काँग्रेसबाट चुनाव जितेपनि उनी अन्य दल र स्वतन्त्रहरुको प्रीय बनेका छन् ।