१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चौधरी पूँजी पलायनमा, अरबौंको लगानी धरापमा


December 11, 2023
20.2k
Shares

काठमाडौं, २५ मंसिर । नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको चौधरी ग्रुपले देशलाई हरेक वर्ष कति तिर्यो भनेर सोध्दा लाजमर्दो नै छ । देशलाई बढी कर तिर्ने सूचीमा उनी निकै तल पर्छन् । उनले देशमा प्रकोप हुँदा कति सहयोग गर्छन् भनेर सोध्यो भने भन्नै लाजमर्दो छ । भूकम्प आउँदा उनले सरकारी कोषमा आर्थिक सहयोग गरेनन् ।

चौधरीको नाम त ठूलो छ तर कतिलाई रोजगारी दिइरहेका छन् भनेर सोध्दा त्यो निकै सानो संख्यामा छ । भएकालाई पनि चौधरीले कटौती गरिरहेका छन् । तर, चौधरी कर छली देखि देशको रकम विदेश गैरकानूनी तरिकाले लाने क्रियाकलापमा घूस दिनेमा अगाडि गनिन्छन् ।

नेता देखि कर्मचारीलाई प्रभावित पारेकाले चौधरीको कर छली सामसुम पारिन्छ । उनले नबिल बैंकबाट विदेशमा खडा गरेको कृत्तिम कम्पनीको भन्दै पूँजी पलायन गराइरहेका छन् । हरेक वर्ष ठूलो परिमाणमा रकम विदेश पुर्याउँछन् ।

अहिले चौधरीले बैंकहरुको लगानी नै धरापमा पारदिएका छन् । सम्राट सिमेन्टमा चौधरीको ठूलै चलखेल देखिएको छ । साझेदार विभिन्न १० बैंहरुलाई डुबाउने खेलमा चौधरी लागेका छन् । अनिल रुङ्गटा समूह चौधरीलाई साथ दिइरहेको छ । ४५ प्रतिशत शेयर चौधरी र रुङ्गटा समूहले किन्ने सम्झौता असार १३ गते भएपछि सिमेन्ट उद्योग नै बन्द गरिदिए ।

हिसाब नमिलेको भन्दै चौधरीले किचलो झिकेपछि सिमेन्ट उद्योग बन्द मात्र भएन अन्य लगानीकर्ताहरु कालो सूचीमा पर्ने जोखिममा छन् । १३ अर्ब रुपैयाँको बैंकहरुको लगानी नै धरापमा परेको छ अहिले । उद्योग बन्द भएपछि १ अर्ब घाटा परेको र त्यो कस्ले व्यहोर्ने भन्ने विवाद चलेको छ ।

चौधरीले नेपालमा जे जति कारोबारहरु गरे ती धमाधम असफल हुँदै गएका छन् । चाउचाउमा पनि उनले भविष्य देख्न छाडेका छन् । सिमेन्टमा उभो नलाग्ने देखेपछि टेलिकम क्षेत्रमा चलखेल गर्न खोजिरहेका छन् ।

टेलिकममा चौधरीले टर्कीबाट विदेशी कम्पनी ल्याउने र चीनको हुवाबेसँग मिलेर काम गर्ने कसरत बढाइरहेका छन् । उनको नयाँ कदमलाई अर्थपूर्ण मानिएको छ ।

राजा वीरेन्द्रको विदेशमा रहेको सम्पत्तिमा बिनोद चौधरीको रजाईँ, राज्यलाई अरबौं नोक्शानी पुर्याएको पुर्याई

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया