राजा वीरेन्द्रको विदेशमा रहेको सम्पत्तिमा बिनोद चौधरीको रजाईँ, राज्यलाई अरबौं नोक्शानी पुर्याएको पुर्याई
काठमाडौं, २१ साउन । राजा वीरेन्द्र शाह र उनको परिवारको वंशनाश हुँदा सिंगो देश नै शोकाकुल भयो । तर, केही व्यक्तिहरुलाई भने दरबारहत्याकाण्डले धर्तीबाट एकैपटक उचाईमा पुर्यायो । यसरी उचाईमा पुग्ने पात्र हुन् नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरी ।
दरबार हत्याकाण्डपछि नै बिनोद चौधरीको सम्पत्ति रात दुई गुणा दिन चौगुणा वृद्धि भयो । यसको कारण हो राजा वीरेन्द्र र परिवारको विदेशस्थित सम्पत्ति हात पार्नु । विश्वस्त स्रोतका अनुसार विदेशमा राजा वीरेन्द्र शाहको सम्पत्ति चौधरीले नै चलाएका थिए । जसमध्ये मालदिभ्स र दुबईको ताज होटल पनि रहेको छ ।
सार�

