१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नागरिकता किर्ते गर्ने सेनाका जर्नेललाई कस्ले भिडायो


December 10, 2023
2.2k
Shares

काठमाडौं, २४ मंसिर । माओवादी अध्यक्ष प्रचण्ड जब जब प्रधानमन्त्री हुन्छन् तब सेनाभित्र कुनै न कुनै विवाद देखिइहाल्छ । पहिलोपटक उनी सेनापति हुँदा कटवाल काण्ड भयो । उनले तत्कालीन सेनापति रुक्माङ्गत कटवाललाई बर्खास्त गर्दा आफै राजीनामा दिन वाध्य भयो । त्यो घटनापछि उनले सेनालाई आफ्नो नबनाई नहुनेरहेछ भन्ने बुझे । तेस्रोपटक प्रधानमन्त्री भएका प्रचण्डले सेनामा खुबै खेलिरहेका छन् । जर्नेलहरुका कमजोरी खोतलेर त्यसमाथि नै खेलिरहेका छन् । आफ्ना पूर्व लडाकुलाई दुई तारे जर्नेल बनाउन सके । भावी सेनापतिको दौडमा रहेकाहरुबीच विवाद चर्कनुमा प्रचण्ड पनि कारण देखिएका छन् । प्रचण्डले सेनाका जर्नेलहरुको कमजोरीमा खेलेर सत्तामा आफू अनुकूलको अवस्था बनाउन खोजिरहेका छन् ।

सेनाभित्र जर्नेलहरुबीच टकराव बढेपछि प्रधानसेनापति प्रभुराम शर्माले रथी बन्न अस्वस्थ र अमर्यादित प्रतिष्पर्धा भएको खुलासा गरे । उनले मंगलबार जंगी अड्डामा आयोजित कार्यक्रममा सेनाभित्र कसैलाई पनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्ने दुर्भावना नराख्न भने । नेपाली सेनामा रथीका लागि प्रतिष्पर्धी उपरथीहरुबीच नागरिकता र शैक्षिक प्रमाणपत्रको विषय उठाएर एकले अर्कोको बढुवा रोक्ने गतिविधि चलिरहँदा सेनापति शर्माको पछिल्लो भनाई आयो । तर, नागरिकतामा किर्ते गर्ने अशोक सिग्देलको रथी बढुवा रोकिएन । रक्षाले उनीविरुद्धको उजूरीमा कुनै छानबिन बढाएन । तर, सेनाभित्र कसैलाई ऐन कसैलाई चैनको विषय उठेको छ । किर्ते गर्ने जर्नेलहरुमा पनि पूर्वाग्रही व्यवहार देखियो ।

शर्माले सेनाभित्र प्रमाणपत्र, नागरिकता जस्ता कागजातको विषय आएकोमा सम्बद्ध निकायहरुबाट यकीन गरेर मात्र जंगी अड्डाले कारबाही अगाडि बढाउने गरेको दाबी गरे । तर, रथी बढुवाका लागि सिफारिश भएका ताराध्वज पाण्डेको नागरिकतामा जन्ममिति सच्याइएको तथ्य फेला परेको थियो । त्यसपछि उनी राजीनामा दिन वाध्य भए । पछिल्लोपटक रथी बढुवाका लागि सिफारिश भएका अशोक सिग्देलको पनि नागरिकताको प्रमाणपत्र विवादमा परेको छ । तर, अख्तियारले छानबिन गर्न रक्षा मन्त्रालयलाई पत्राचार गरिसकेकोमा पनि छासमिस पारियो ।

सेनापतिले पाण्डेको राजीनामा र सिग्देलको नागरिकता छानबिनको विषयलाई सेनाभित्र एकले अर्कोविरुद्ध अमर्यादित र अस्वस्थ क्रियाकलापको संकेत गर्नुलाई अर्थपूर्ण मानिएको छ । उनले रिक्त रथीको बढुवा प्रक्रिया सुरु भएसँगै प्रतिष्पर्धीहरुको उमेर, शैक्षिक योग्यता आदीलाई विषयवस्तु बनाई अतिरञ्जित तबरले प्रचारबाजी भएको समेत बताए ।

पाण्डेबाट किर्ते
नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएको छ । शैक्षिक प्रमाणपत्रमा १९ चैत्र २०२१ र नागरिकतामा १९ माघ २०२३ राखिएको छ । उनले उमेर घटाएर सेनामा प्रवेश गरेको खुलेको छ ।

रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट ९ असोज २०४० मा नागरिकताको प्रमाणपत्र लिएका सिग्देलको उमेर १९ वर्ष र ढड्डामा २०२१ साल भेटिएको छ । उनले किर्ते गरी जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएको खुलेको छ । ८ जेठ २०५८ मा उनले जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएर उमेर सच्याएका छन् । सिग्देलको नागरिकतका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेकोमा छानबिन गर्न पत्र रक्षा मन्त्रालयमा पुगेपनि यसबारे कुनै एक्सन लिइएन । सिग्देलको बढुवा भएपछि नागरिकता छानबिनको दबाब बढेको छ । छानबिन भएमा सिग्देल पनि संकटमा पर्नेछन् । उको सेनापति बन्ने सपना चकनाचुर हुनेछ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया