३१ भाद्र २०८१, सोमबार | September 17, 2024

एनसेल प्रकरणले माओवादीभित्र तरंग


December 8, 2023
332
Shares

काठमाडौं, २२ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा देशमा ३ खर्बको चलखेल भएको एनसेल प्रकरण भएको छ । घटनालाई सामसुम पार्न सरकारी तवरबाटै रणनीतिक चलखेल देखिएको छ । तर, माओवादी पार्टीमा यो घटनाले तरंग आइसकेको छ ।

कृष्णबहादुर महरानिकट रेखा शर्मा सञ्चारमन्त्री हुँदा एनसेल प्रकरण भएको छ । यो प्रकरणबारे मन्त्री शर्मा मौन छिन् ।

एनसेल प्रकरणलाई लिएर माओवादीका दुई प्रभावशाली नेताहरु जर्नादन शर्मा र वर्षमान पुनले मुख फोरेका छन् । पुनले एनसेल प्रकरणमा राज्यलाई घाटा हुनेगरी ठूलो आर्थिक चलखेल भएको बताएका छन् ।

माओवादीका अर्का नेता जर्नादन शर्माले एनसेल प्रकरणलाई लुटको खेती भनेका छन् । उनले एनसेलको सेयर धुलिसाफ पारिएको र जनताको स्वामित्व २०२९ मा हुने देखेर षड्यन्त्रपूर्वक लुटको खेती गरिएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया