८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

एनसेलको सेयर विक्री रोक्न अदालतको अन्तरिम आदेश


December 7, 2023
664
Shares

काठमाडौं, २१ मंसिर । एनसेलको सेयर खरिदविक्री रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । बिहिबार न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरलगायतलाई एनसेलको सेयर विक्री रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

एनसेलको ८० प्रतिशत शेयर बेलायतको कम्पनीलाई विक्री गरिएपछि कर छलीको विषय आएको छ । विक्री भएको एनसेलका शेयरहरु दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरेको छ ।

अदालते विपक्षीहरुलाई २५ मंसिरमा छलफलमा उपस्थित हुन बोलाएको छ ।

एनसेलको शेयर विक्री गरी ६० अर्बभन्दा बढी कर छलीको विषय सार्वजनिक भइरहँदा अदालतको पछिल्लो आदेश आएको हो ।

एनसेल अनियाटाले विक्री गरेपनि सन् २०२९ सम्म ८० प्रतिशत शेयरको मुनाफा उसैले लिने सहमति समेत भएको छ । यसले पनि यो प्रकरणमा चलखेल देखिएको छ ।

प्रतिक्रिया