४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

यी युवालाई लखेटेर हत्या गर्ने २४ जनालाई जन्मकैद


December 5, 2023
498
Shares

काठमाडौं, १९ मंसिर । रुकुम पश्चिमको सोतीमा साँढे तीन वर्ष अघि ६ जना युवाको हत्या प्रकरणमा दोषीमध्ये २४ जनालाई जन्मकैद सुनाइएको छ । मंगलबार जिल्ला अदालत रुकुमले थुनामा रहेका ३४ जनामध्ये २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीश खड्गबहादुर केसीको इजलासले फैसला सुनाएको हो । घटनामा हत्या गरिएका नवराज विककी प्रेमिका, उनकी आमा र भाईलाई २ वर्षको जेल सजाय तोकिएको छ । उनीहरुमाथि जातीय छुवाछुतमा दोषी ठहर गरिएको छ ।

१० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ को सोतीमा नवराज विकसहित ६ जना युवाको लखेटेर हत्या भएको थियो । हत्या गरिएकाहरुलाई सेती नदीमा डुबाउने र बगाउने गतिविधि भएका थिए ।

नवराजको प्रेमिकाको गाउँमा उनीसहितको युवाहरु पुगेपछि गाउँ नै उल्टिएर लखेटेर हत्या भएको थियो । घटनामा नवराज विक, टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार, सन्दीप विक र गोविन्द शाहीको हत्या भएको थियो ।

प्रतिक्रिया