५ माघ २०८१, शनिबार | January 18, 2025

भारतमा ३ मुख्य राज्यहरुमा भाजपाको जीत, २०२४ को लोकसभा चुनावमा मोदीको जादू चल्ने संकेत


December 3, 2023
1.4k
Shares

एजेन्सी, १७ मंसिर । भारतको सत्तारुढ भारतीय जनता दल झन् शक्तिशाली देखिएको छ । त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले महत्वपूर्ण राज्यहरुमा जित हालि गरेसँगै सन् २०२४ को लोकसभा चुनाव पनि जित्ने संकेतहरु देखिएको छ ।

चार राज्यमा भएको चुनावमा लोकसभामा बढी सिट भएको मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपाले स्पष्ट बहुमत हासिल गर्ने निश्चित भएको छ । तेलंगनामा मात्र कँग्रेस आईले बहुमत हासिल गरेको छ ।

यसअघि कँग्रेस आईको सरकार रहेको राजस्थानमा भाजपाले जितेको छ । यसलाई मोदीको करिश्मा भारतमा अझै रहेको सन्देशका रुपमा लिइएको छ ।

भारतमा मोदी प्रधानमन्त्री भएपछि विश्व राजनीतिमा प्रभावशाली देखिएका छन् । भारतले जी २० सम्मेलनको आयोजना गर्नुका साथै सैन्य शक्ति पनि बढाएको छ । भारतको आर्थिक प्रगति द्रुत भएको छ । मोदीले सन् २०१४ यता भारतमा प्रधानमन्त्रीका रुपमा केन्द्रमा सत्ता सञ्चालन गर्दै आएका छन् ।

मध्य प्रदेश हिन्दी भाषीको मुटु मानिन्छ । त्यहाँ भाजपाले स्पष्ट बहुमत निकाल्न सक्नुले लोकसभा चुनावमा उसको प्रभाव बलियो हुने संकेत देखिएको छ ।

चुनावी प्रक्षेपणले राजस्थान र मध्यप्रदेशमा भाजपाले जित्ने देखाएपनि छत्तीसगढमा कडा टक्कर हुने देखाएको थियो । तर, तीनवटै राज्यमा भाजपा जितेको छ ।

प्रतिक्रिया