५ कार्तिक २०८१, सोमबार | October 21, 2024

जर्जिया मेलोनीसँगको भाइरल सेल्फीबारे मोदीले दिए यस्तो प्रतिक्रिया


December 2, 2023
83
Shares

एजेन्सी, १६ मंसिर । प्रधानमन्त्री नरेन्द्र मोदीले दुबईमा जलवायु सम्मेलन COP-28 बैठकको छेउमा आफ्ना इटालियन समकक्ष जर्जिया मेलोनीसँग भेट गरे।

यसै क्रममा जर्जिया मेलोनीसँग प्रधानमन्त्री मोदीले खिचेको सेल्फी भाइरल भयो । यो भाइरल तस्विरलाई लिएर प्रधानमन्त्री मोदीले प्रतिक्रिया दिएका छन् । उनले शनिबार साथीभाइ भेट्दा सधै रमाइलो हुने बताए ।

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले शुक्रबार सामाजिक सञ्जाल प्लेटफर्म ह् मा प्रधानमन्त्री मोदीसँगको सेल्फी पोष्ट गरेकी थिइन्, जसमा उनले सीओपी-28 मा आफूहरू असल साथी भएको बताएकी थिइन् ।

तर, मेलोनीको यो पोस्टपछि यो तस्विर सामाजिक सञ्जालमा भाइरल भयो । तस्बिरमा दुवै नेता क्यामेरा अगाडि मुस्कुराएको देख्न सकिन्छ ।

 

प्रतिक्रिया