१२ श्रावण २०८१, शनिबार | July 27, 2024

राजावादीलाई सक्रिय राजसंस्था नै प्रीय किन


November 29, 2023
664
Shares

काठमाडौं, १३ मंसिर । देशमा राजसंस्थाको पक्षमा लहर बढ्दै गएको देखिन्छ । तर, कस्तो राजसंस्था भन्ने बहस चल्दै आएको छ ।

कोही सक्रिय त कोही निष्कृय राजसंस्थाको वकालत गरिरहेका छन् । कोही कुमारी जस्तै सांस्कृतिक राजाको पक्षमा छन् । यूरोपका कतिपय मुलुकमा बाटोमा सामान्य हिडडुल र साइकल चढेर हिंड्ने राजा छन् । त्यस्तो राजाको पक्षमा पनि केही समूह छन् ।

तर, राजावादी भनिएकाहरु सक्रिय राजा खोजिरहेका छन् । उनीहरु राजालाई सक्रिय अवस्थामा फर्काएर सत्ताको स्वाद चाख्न चाहिरहेका छन् । यसकारण पनि राजसंस्थाको पक्षमा हत्तपत्त मानिसहरु खुलेर लाग्न नसकिरहेको देखिन्छ ।

यसगरी, पूर्वराजाको सक्रियता बढेको छ । उनी झापा पुगेर नाम चलेका राजावादीलाई भेटेका छन् । जसमा रोशन कार्की, खुस्बु ओली, सगुन लावतीलगायत छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया