३१ भाद्र २०८१, सोमबार | September 17, 2024

इम्बोस्ड नम्बर प्लेटः अरबौंको घोटालासँगै नेपाली भाषा सुस्तरी सिध्याउने रणनीति


November 28, 2023
2.7k
Shares

काठमाडौं, १२ मंसिर । एकैपटक सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न लगाएर नेपाली भाषा सिध्याउने खेल असफल भएपछि नयाँ रणनीति अपनाइएको छ । त्यो हो नयाँ खरिद गर्ने सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने नियम । एक व्यक्तिले अर्को व्यक्ति वा संस्थालाई पुरानै गाडी विक्री गरेर पास गर्दा पनि इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने नियम लागू गराइएको छ ।

इम्बोस्ड नम्बर प्लेटको भित्री खेल भनेको अरबौंको खेलसँगै नेपाली भाषा सिध्याउने पनि रहेको छ । नेपाल मात्र त्यस्तो देश हो जहाँको सवारी साधनमा देवनागरी लिपि देख्न पाइन्छ । अब यसलाई सिध्याएर रोमन लिपि राख्ने योजना बनाइएको छ ।

इम्बोस्ड नम्बरको खेल सफल पार्न अदालतलाई समेत प्रभावित बनाइएको छताछुल्ल भइसकेको छ । इम्बोस्ड नम्बर प्लेटमा रोक लगाउँदा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आदेश नै दिएर प्लेट राख्न वाध्य पार्ने अवस्था बनाइदिएका थिए । त्यसवापत् उनले करोडौं कुम्ल्याएका थिए ।

इम्बोस्ड नम्बर प्लेटमा अमेरिकी कम्पनी संलग्न रहेको छ । उसले पनि बँगलादेशी कम्पनीलाई नै साझेदार बनाएर प्लेटको काम गरेको छ । बँगलादेशी कम्पनी भ्रष्टाचारमा मुछिएर दण्डित भइसकेको छ । टाइगर आइटी बँगादेश लिमिटेडले विश्व बैंकले लगानी गरेको बँगलादेशको परियोजनामा ठूलो घोटाला गरेपछि २०१९ यता कालोसूचीमा राखेको थियो ।

बँगलादेशको उक्त कम्पनी ९ वर्ष ६ महिना कालोसूचीमा राखिएपनि नेपालको इम्बोस्ड नम्बर प्लेटमा संलग्न रहेको छ । टाइगर आइटीले अमेरिकी कम्पनी डेकाटुरसँग संयुक्त रुपमा कम्पनी खडा गरी ठेक्का हालेको थियो । जसमा नेपालका अधिकारीहरुलाई कमिशन दिएर ठेक्का पारेको थियो ।

४ करोड ३७ लाख ८७ हजार ५ सय अमेरिकी डलरमा उक्त कम्पनीले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झौता भएको थियो ।

संविधानको धारा ७ बमोजिम देवनागरी लिपीमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने उल्लेख भएकोमा इम्बोस्ड नम्बर प्लेटको हकमा चोलेन्द्र शमशेर जबराले कमिशन लिएर आदेश नै तोकेर संविधान विरोधी काम गरेको खुलिसकेको छ । तैपनि, यसलाई निरन्तरता दिएर विस्तारै नेपाली भाषा सिध्याउने चलखेल विभिन्न शक्तिबाट भइरहेको छ ।

प्रतिक्रिया