३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सेनामा ३ हजारभन्दा बढीका लागि भर्ती खुल्यो (सूचनासहित)


November 24, 2023
249
Shares

काठमाडौं, ८ मंसिर । नेपाली सेनाले झण्डै साँढे तीन हजार दरबन्दी पूर्तिका लागि भर्ती खुलेको छ । शुक्रबार विहान सूचना प्रकाशित गरी सेनाले विभिन्न पदहरुमा भर्ती खोलेको हो ।

सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न भर्ती खोलेका पदहरुमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचीकार, केशकर्तक, माली, लोहाकारलगायत छन् । ३ हजार सैन्य पदका लागि मात्र भर्ती खोलेको हो ।

सेनाका आठवटै पृतनाका मुख्यालयका अलावा विभिन्न २५ भर्ना केन्द्रमा दरखास्त दिन सकिने जनाइएको छ ।

योग्यता पुगेका नेपाली नागरिकहरुले पौष ७ गतेभित्र दरखास्त आवेदन दिनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया