३१ भाद्र २०८१, सोमबार | September 17, 2024

जनकपुरधाममा प्राज्ञिक विद्यार्थी परिषद्को नागरिक अभिनन्दन


November 23, 2023
498
Shares

जनकपुर, ७ मंसिर । जनकपुरधाममा सम्पन्न विद्यार्थी परिषद्को केन्द्रीय कार्यकारिणी समिति बैठकको अन्तिमदिन गंगासागरको तटमा नागरिक अभिनन्दन भएको छ । मंसिर ५, ६ र ७ गते सम्पन्न भएको केन्द्रीय कार्यकारिणी समितिको बैठक समापनसँगै आयोजना गरिएको नागरिक अभिन्नदन समारोहमा परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, स्वागत समिति अध्यक्ष जानकारी मन्दिरका मठाधिश महन्त रोशन दास महाराज, महासचिव एन प्यब्सन धनुषाका अध्यक्ष आशिष् झा, मधेस सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंह विद्यार्थी प्रदेश मधेस प्रदेशका अध्यक्ष डा.सुस्मा तिवारीको लगायत देशका विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारी र सदस्यहरूसँगै जनकपुर धामका स्थानीय समाजसेवी व्यक्तिहरूको अभिनन्दन भएको हो ।

समारोहमा परिषद् महासचिव विष्णुप्रसाद पंगेनीले विद्यार्थी परिषदले राष्ट्रिय दायित्व पूरा गर्दै समाजका हरेक दुख कष्ट र समस्या मलम लगाउदै भ्रष्टाचार, वेथिति र विसंगतिको बिरूद्दमा निरन्तर लडि रहेको र देशको शिक्षा क्षेत्रमा उदाहरणीय कार्य गरिरहेको कुरा बताएका थिए ।

त्यसैगरी मन्त्री चन्दन कुमार सिंहले विद्यार्थी परिषद्को कार्य समाजमा असल व्यक्ति निर्माण गर्ने दिशामा निरन्तर काम गरिरहेकोले आफ्नो साथ र सहयोग निरन्तर रहीरहने कुरा बताएका थिए । साथै हिन्दू विचारमा अडिक रहेर काम गरेकोले एक दिन विद्यार्थी परिषद्ले यो देशको हरेक क्षेत्रमा नेतृत्व गर्नेकुरामा कुनै दुई मत नरहेको बताए ।

प्रतिक्रिया