८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

भारतले गर्यो ग्लोबल साउथ समिट, प्रचण्ड देखि लुलासम्मको सम्बोधन


November 17, 2023
0
Shares

काठमाडौं, १ मंसिर । ग्लोबल साउथ समिटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । भर्चुअल माध्यमबाट भएको समिटमा उनले महत्वपूर्ण सम्बोधन गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

दोस्रो ग्लाबल साउथ समिट ग्लोबल साउथः टुगेदर फर वन फ्युचरको अवधारणामा रहेर विश्वका नेताहरुले सम्बोधन गरेका थिए ।

सम्मेलनको समापनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउथले आफ्नो स्वायत्तता चाहेको बताएका थिए । उनले साथले ग्लोबल सुशासनको आवाज चाहनुका साथै वैश्विक मामलामा दक्षिणले ठूलो उत्तरदायित्व बहन गर्न तयार रहेको बताएका थिए ।

भारतले भर्चुअल ढाँचामा दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गरेको हो । जसमा विश्वका विभिन्न देशका नेताहरुले सम्बोधन गरेका थिए ।

भारतले यसअघि २०७९ साल पुष २८–२९ सम्म भर्चुअल ढाँचामै पहिलो पटक भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गरेको थियो । भारतको यो नवीनतम पहल हो जसले साझा मञ्चमार्फत आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्न ग्लोबल साउथका राष्ट्रलाई एकै ठाउँमा ल्याएको छ ।

जी–२० को अध्यक्षता अवधिभर, भारतले ग्लोबल साउथका सरोकारहरुलाई समयमै सम्बोधन गर्ने र जल्दोबल्दो विश्वव्यापी चुनौतीका समाधान खोज्ने क्रममा ग्लोबल साउथका प्राथमिकतालाई ध्यानमा राख्नेतर्फ काम गरेको छ ।

भ्वाइस अफ ग्लोबल साउथको दोस्रो संस्करणले भारतको अध्यक्षतामा सम्पन्न विभिन्न जी–२० बैठकहरुले हासिल गरेका मुख्य उपलब्धिहरु ग्लोबल साउथका राष्ट्रहरुसँग साझा गर्ने जनाइएको छ ।

विश्वव्यापी विकासका कारण देखा परेका चुनौतीका विषयमा पनि बैठकमा छलफल भयो । अझ बढी समावेशी, प्रतिनिधिमूलक र प्रगतिशील विश्व व्यवस्था होस् भन्ने हाम्रो साझा आकांक्षालाई पुरा गर्न आवश्यक तरिकाहरु उपर छलफल गर्न यो शिखर सम्मेलनले एउटा मञ्चको रुपमा काम गर्ने जनाइएको छ ।

उद्घाटन र समापन सत्र राष्ट्र प्रमुखरसरकार तहमा भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसको सञ्चालन गरे । उद्घाटन सत्रको विषयवस्तु “एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै” र समापन सत्रको विषयवस्तु “ग्लोबल साउथ स् एक भविष्यका लागि एकसाथ” रहेको छ ।

प्रतिक्रिया