३ आश्विन २०८१, बिहिबार | September 19, 2024

फाल्गुनानन्द छात्रावासको भवन लोकार्पण


November 11, 2023
166
Shares

झापा, २५ कात्तिक । जनजाति कल्याण आश्रम, नेपालले झापाको अर्जुनधारामा निर्माण गरेको फाल्गुनान्द छात्रावास भवनको लोकार्पण भएको छ । शनिबार डाडागाउँस्थित उक्त भवनको विशेष कार्यक्रमबीच लोकार्पण भएको हो ।

किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन एवं विशिष्ट अतिथिी समाजसेवी देवाकिशन मुन्दडाले भवनको लोकार्पण गरेका हुन् ।

फाल्गुनान्द जयन्ती पारेर भवनको लोकार्पण भएको हो । उक्त भवनमा आश्रम सञ्चालन हुनेछ । आश्रममा छात्रावास सञ्चालन हुनेछ ।

जनजाति कल्याण आश्रमले देशभर विभिन्न स्थानमा छात्रछात्राका लागि आश्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया