१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नागरिकता प्रकरणले सेनामा तरंग, भावी सेनापति मानिएका जर्नेल पाण्डेको राजीनामा


November 10, 2023
0
Shares

काठमाडौं, २४ कात्तिक । नेपाली सेनाका दुई तारे जर्नेल ताराध्वज पाण्डेलाई भावी सेनापतिका रुपमा चिनिन्थ्यो । उनी वर्तमान सेनापति प्रभुराम शर्मापछिका सेनापति बन्नेगरी रथीमा बढुवा गरिने प्रक्रिया बढिसकेको थियो । तर, नागरिकता र उमेर प्रकरणले सेनापति बन्ने उनको सपना चकनाचुर भएको छ ।

पाण्डेको दुईवटा नागरिकताको विषय बाहिर आयो । उनले शैक्षिक प्रमाणपत्रमा २०२१ र नागरिकतामा २०२३ साल बनाएर चलखेल गरेको पुष्टि भयो । यतिसम्मकी शैक्षिक प्रमाणपत्र दिने निकायमा पनि जन्ममितिमा केरमेटको तथ्यहरु सार्वजनिक भए ।

पाण्डेलाई रथीमा बढुवा गर्न प्रधानसेनापति शर्माले सैनिक मुख्यालयबाट सिफारिश समेत गरिसकेका थिए । तर, उनको सिफारिश रक्षा मन्त्रालयमै रोकियो उमेर विवादले ।

सेनामा कतिपय अधिकृतहरुको जन्ममिति विवाद विगतमा पनि थियो । कतिपयले यही प्रकरणमा राजीनामा दिए । पाण्डेको हकमा पनि यही हुने भएको छ । उनले सैनिक मुख्यालयमा राजीनामा बुझाएका छन् । अब यसको निर्णय प्रधानसेनापति शर्माले लिनेछन् ।

सेनामा अब भावी सेनापतिको लाइनमा अर्कै व्यक्ति आउने निश्चित जस्तै भएको छ । यसले सेनाभित्र रोलक्रममा पछिसम्म असर पर्ने भएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया