१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भारतबाट भूकम्पपीडितका लागि अहिलेसम्म ३३ टन राहत सामाग्री आइपुग्यो


November 10, 2023
0
Shares

काठमाडौं, २४ कात्तिक । भारतले विशेष बिमानबाट भूकम्पपीडितका लागि राहत सामाग्री पठाइरहेको छ । उसले अहिलेसम्म ३३ टन राहत सामाग्री उपलब्ध गराइसकेको छ ।

बिहिबार तेस्रो चरणको राहत सामाग्री बोकेर भारतको विशेष बिमान नेपालगञ्ज उत्रियो । तेस्रो चरणमा १२ टनभन्दा बढी राहत सामाग्री आइपुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूकम्पपीडितलाई राहत उपलब्ध गराउने प्रतिवद्धता कार्यान्वयन गर्दै भारतीय वायुसेनाको सी–१३०  विशेष विमानले राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री ल्याएको जनाइएको छ ।

पहिलो रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विशेष विमानबाट आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । भूकम्प प्रभावित परिवारका अत्यावश्यक आवश्यकताहरु पुरा गर्न यस राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण जस्तैं शल्यचिकित्सा सम्बन्धी उपकरण, पोर्टेबल भेन्टिलेटर तथा सरसफाई सामग्री समावेश थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया