३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पत्रकार मनोज मानव साइबर अपराधको आरोपमा पक्राऊ


November 9, 2023
0
Shares

काठमाडौैं, २३ कात्तिक । पत्रकार मनोज मानवलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध साइबर अपराधको उजूरी परेपछि पक्राउ परेका हुन् । उनलाई साइबर ब्यूरोले पक्राउ गरी अनुसन्धान बढाएको हो ।

एकजना महिलाले आफ्नो व्यक्तिगत जीवनमा गम्भीर असर पर्ने भिडियो सामाग्री सामाजिक सञ्जालमा प्रकाशित गरेको भन्दै प्रहरीमा उजूरी दिएकी थिइन् । ती महिलाले मनोज मानवले आफूलाई अपशब्द गरी गालीगलौज गरेको अडियो प्रमाणसहित उजूरी दिएकी हुन् ।

नेकपा एमालेका नेता महेश बस्नेत र एकजना महिलाको अन्तरङ्ग भिडियो मनोज मानवले सामाजिक सञ्जालमा राखेका थिए । त्यो भिडियो अहिले भाइरल छ ।

प्रतिक्रिया