८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

काठमाडौंमा चिनीका लागि जनताको तछाडमछाड, नेताहरुको भूकम्पग्रस्त क्षेत्रमा प्रचारवाजीको तछाडमछाड


November 9, 2023
0
Shares

काठमाडौं, २३ कात्तिक । दशैं र तिहारमा चिनीको कालोबजारी संगठित रुपमा भयो । कालोबजारीले प्रतिकेजी १५० देखि २०० सम्म लिएर जनतालाई चुस्नु चुसे ।

कालोबजारीमा सरकारको नेतृत्व गर्नेहरु, जिम्मेवार कर्मचारी देखि केही व्यापारी संलग्न रहेको घाम जत्तिकै छर्लंग छ ।

चिनी सरकारी संस्थाले बेचेपनि ठूलै लाम लाग्ने गरेको छ । गाउँ गाउँबाट चिनीको लाम बस्न साल्ट ट्रेडिङमा मानिसहरु देखिएका छन् । चिनी पाउन तछाडमछाड नै भएको छ ।

नेताहरु भने जाजरकोट र रुकुम पश्चिमको भूकम्पग्रस्त क्षेत्रमा पुगिरहेका छन् । पीडितलाई भेट्ने र आफ्नो प्रचार गर्ने तछाडमछाड गरिरहेका छ ।

न त चिनीको अभाव समाधान गर्न नेताहरुले सकेका छन् न त भूकम्पपीडित क्षेत्रमा वास्तविक पीडितलाई आवश्यक राहत सही तरिकाले पुर्याउन सकेका छन् ।

प्रतिक्रिया