३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भारतबाट फेरि आयो भूकम्प प्रभावित परिवारका लागि राहत सामाग्री


November 6, 2023
0
Shares

काठमाडौं, २० कात्तिक । भारतबाट दोस्रो खेपको आपतकालीन राहत सामाग्री आइपुगेको छ । सोमबार भारतीय सेनाको विशेष विमानबाट आएको सामाग्री नेपालगञ्ज आइपुगेको हो ।

जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित परिवारहरुका लागि आपतकालीन राहत सामग्रीको दोस्रो खेप भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका मेयर प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरे ।

अत्यावश्यक चिकित्सा तथा सरसफाई सामग्री, त्रिपाल, स्लीपिङ्ग ब्याग र कम्बल सहितको ९ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगञ्ज ल्याइपुर्याएको थियो ।

त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई कार्तिक १९ गते हस्तान्तरण गरेको थियो ।

भारतले जाजरकोटको भूकम्पले निम्त्याएको मुस्किल घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग प्रदान गर्न जनाएको छ ।

प्रतिक्रिया