४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

जाजरकोट केन्द्रबिन्दु भएर झण्डै ४ सय परकम्प


November 6, 2023
0
Shares

काठमाडौं, २० कात्तिक । जाजरकोटमा शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएयता परकम्प गइनै रहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार साँझसम्म झण्डै ४ सय पटक परकम्प गइसकेको छ ।

सोमबार अपरान्ह ५.४ म्याग्निच्युडको परकम्प गएको छ । ४ बजेर ३१ मिनेटमा परकम्प जाँदा जाजरकोट र आसपासका जिल्लामा भागदौड मच्चिएको थियो ।

अहिलेसम्म भूकम्पबाट मृत्यु हुनेको संख्या १५३ पुगेको छ । ३ सयभन्दा बढी घाइते भएका छन् ।

भूकम्पपीडितलाई सरकार र विभिन्न संस्थाहरुले राहत वितरण गरिरहेका छन् । टेन्टहरु जाजरकोट र रुकुम पश्चिम पुगिसकेका छन् ।

प्रतिक्रिया