३ आश्विन २०८१, बिहिबार | September 19, 2024

एउटै औषधी लगाएका पाटन अस्पतालका २ बिरामीको मृत्यु


November 6, 2023
0
Shares

काठमाडौं, २० कात्तिक । एउटै औषधी लगाएका पाटन अस्पतालमा दुई बिरामीको मृत्यु भएको छ । एउटै वार्डमा उस्तै उस्तै समस्या भएका २ बिरामीलाई सुई मार्फत लगाइएको औषधी परीक्षणको लागि पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

सुईको माध्यमबाट औषधी दिएको केही बेरमै दुई जना एउटै वार्डमा भर्ना भएका बिरामीको मृत्यु भएको हो । शनिबार दिउँसो अस्पताल भर्ना भएका बिरामीहरुलाई ड्युटीमा भएका नर्सहरुले सुईमार्फत एन्टिबायोटिक औषधी चलाएका थिए । त्यसको ५ मिनेटमै बिरामीको मृत्यु भएको थियो ।

ओखलढुंगाका ९० वर्षीय जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुुर नगरकोटीको मृत्युभएको हो । मृतकका आफन्तले भने गलत औषधीका कारण मृत्यु भएको आरोप लगाइरहेका छन् । राईको निमोनियाको उपचार हुँदै थियो भने नगरकोटीको निमोनियासँगै कलेजोको पनि समस्या देखिएको अस्पतालले जनाएको छ ।

उनीहरुको उपचारमा सम्लग्न चिकित्सकको अनुसार दुवैजनालाई सेफ्ट्रियाक्सोन र रगत पातलो गर्ने औषधी चलाइएको थियो । राईको शव अस्पतालबाट आफन्तले घर लगेका छन् भने नगरकोटीको शव पोस्टमार्टम गर्न अस्पतालमै राखिएको छ ।
दुवै बिरामी एउटै वार्डमा भर्ना भएका थिए ।

प्रतिक्रिया