१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भुकम्पमा पुरिए दिदीबहिनीः एमबीबीएसको तयारीमा थिइन् उर्जा, भिसा पर्खिरहेकी थिइन् उपासना


November 5, 2023
0
Shares

काठमाडौं, १९ कात्तिक । शुक्रबार मध्यरात ११ः४७ मा भुकम्प जाँदा गोरखबहादुर सिंहको परिवार खलंगामा मस्त निद्रामा थियो । भुकम्पले घर भत्किँदा उनले दुई छोरीहरु र एक आफन्त गुमाए । उनी आफै, जेठी छोरी र श्रीमती पनि घाइते छन् ।

सिंह दम्पतिको जिल्ला अस्पताल जाजरकोटमा र छोरीको नेपालगञ्जमा उपचार भइरहेको गोरखका भाइ सुरेन्द्र सुमन सिंहले बताए । सिंहकी माइली छोरी २१ वर्षीया उपासना सिंह अस्ट्रेलिया जाने तयारीमा थिइन्। सम्पूर्ण प्रक्रिया सकेर भिसाको प्रतीक्षामा थिइन् । कान्छी छोरी १८ वर्षीया उर्जा सिंह प्लस टु सकेर एमबीबीएसको तयारी गर्दै थिइन् ।उनीहरुसँगै बितेकी आफन्त २५ बर्षीया मेलिना इन्जिनियरिङ पढ्दै थिइन् । मृतक तीनै जनाको शनिबार नै अन्त्येष्टि गरिएको छ । तीन छोरी, एक आफन्तकी छोरी र श्रीमतीसहित उनी खलंगामा बस्दै आएका थिए । उनको परिवार बसेको घर भुकम्पमा भत्किँदा उनीहरु भग्नावशेषमा पुरिए । रातको समय भएकाले उनीहरुको तत्कालै उद्दार हुन सकेन । चार घण्टापछि उद्दार हुँदा तीन जनाको मृत्यु भइसकेको थियो ।

घटनाका बेला सुरेन्द्र सुमन सिंह बारेकोट गाउँपालिकामा थिए । शुक्रबार रातीको सो भुकम्पको केन्द्रबिन्दु बारेकोट कै लामीडाँडा मानिएको छ । घाइते गोरख बहादुर सिंहको अवस्था खतरामुक्त भए पनि सन्तान वियोगले सिंह परिवार विक्षिप्त भएको छ । समयमै उद्दार र उपचार हुन सकेको भए भतिजीहरुलाई बचाउन सकिन्थ्यो कि भन्ने सुरेन्द्र सुमन सिंहलाई लागेको छ । “समयमै उद्धार हुन नसक्दा हाम्रो परिवारले यति ठूलो शोकको सामना गर्नुपरेको छ“, उनले भने । स्रोत : राउत गोबिन्द

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया