१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भूकम्पबाट भएको क्षतिको दुःख व्यक्त गर्दै गायक केसीले भने,‘मानबिय संवेदनालाई राजनीतिकरण नगरौं


November 4, 2023
166
Shares

काठमाडौं, १८ कात्तिक । गायक एवं समाजसेवी युनिक केसीले जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनहरूमा समवेदना प्रकट गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत गायक केसीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उनले घाइतेहरुको राहत र उद्दार गर्न सम्पुर्णमा अपिल समेत गरेका छन् । यस्तो दुखद घडीमा मानबिय संवेदनालाई राजनीतिकरण नगर्नपनि केसीले आग्रह गरेका छन् ।

भुकम्प पीडितहरुको लागि एकद्वार प्रणाली अनुरुप सरकारी कोषबाट सहयोग संकलन गरी परिचालन गर्न समेत उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । भुकम्प पीडितलाई थप पीडा दिनेगरी सरकारका जिम्मेवार प्राप्त मन्त्रीहरुले सस्तो लोकप्रियातामा आधारित कृयाकलाप नगर्न पनि उनको सुझाव छ ।

सहयोगका नाममा विदेशी सहयोग नबुझी लिने र विदेशी प्राबिधिक भित्राउने काम गर्न नहुने गायक केसीको तर्क छ । एनजीओ आइएनजीओलाई अनाबस्यक खेल्ने मौका नदिन पनि उनले ध्यानकर्षण गराएका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्रबिन्दु भई शुक्रबार राति ११ः ४७ बजे गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट ठुलो सङ्ख्यामा मानवीय र भौतिक क्षति भएको छ ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १३६ जनाको मृत्यु भएको छ । जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ । पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान गुमाएका छन् । भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७२ जना घाइते भएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया