१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कांग्रेसले भूकम्पपीडितको उद्धार र राहतका लागि ५० लाख उपलब्ध गराउने


November 4, 2023
0
Shares

काठमाडौं, १८ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार र राहतका लागि ५० लाख उपलब्ध गराउने घोषणा गरेको छ । कांग्रेसले सरकारमार्फ उक्त रकम भुकम्प पीडितहरुको उद्धारका लागि दिने भएको हो ।

स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्नसमेत कांग्रेसको अपील छ।

कांग्रेसले यस समयमा सरकार, राजनैतिक दलहरू, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न पनि आग्रह गरेको छ ।

गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्नीच्यूडको भूकम्प जाँदा जाजरकोट र पश्चिम–रुकुममा ठूलो मानवीय क्षति पु¥याएको छ भने हालसम्म १३२ भन्दा बढीको मृत्यु भएको छ ।

 

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया