५ कार्तिक २०८१, सोमबार | October 21, 2024

रायमाझीद्धारा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त


November 4, 2023
415
Shares

काठमाडौं, १८ कात्तिक । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले जाजरकोट केन्द्रबिन्दु भइ गएको शक्तिशाली भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। रायमाझीले आज एक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन्।

उनले मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

भूकम्पीय दृष्टिकोणले भौतिक संरचनाहरुको निर्माण तर्फ चनाखो हुनुपर्ने उनको भनाइ छ । ‘यस्तो बिषयमा पनि सरकार संवेदनशील हुनुपर्छ ।’–उनले वक्तव्यमा उल्लेख गरेका छन् । रायमाझीले विपत्तिमतकालिन परिस्थितिमा नेपाली सेनाको सहकार्यमा अन्य सुरक्षा निकायले पनि महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने आशा गरेका छन् । उनले भुकम्प आउनुअघि संकेत प्रदान गर्ने प्रविधि जडान गर्न सरकारसमक्ष माग गरेको छन् ।

विपत्तिमा परेकाहरुको पुनः स्थापनामा सबै मिलेर मन, वचन र कर्मले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको पनि जनाएका छन् ।

गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म १ सय २९ ज्यान गएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।

 

प्रतिक्रिया