१२ श्रावण २०८१, शनिबार | July 27, 2024

जाजरकोट केन्द्रबिन्दुको भूकम्पमा परी ठूलो जनधनको क्षति


November 4, 2023
0
Shares

काठमाडौं, १८ कात्तिक । गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । भूकम्पमा परी अहिलेसम्म ६० भन्दा बढीको मृत्यु भएको खबर प्राप्त भएको छ ।

६.४ म्याग्निच्युडको भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको निधन भएको छ । उनी बसेको खलंगास्थित घर भत्किएको थियो ।

रातको ११ बजेर ३९ मिनेटमा भूकम्प गएकाले ठूलो मानवीय क्षति भएको छ । भूकम्पले पहिरो जानुका साथै सञ्चार सम्बन्ध समेत बिच्छेद भएको छ ।

पछिल्लो समय पश्चिम नेपालमा धेरै भूकम्प गइरहेको छ । त्यस्ता भूकम्पको धक्का भारतको नयाँ दिल्लीमा समेत महशुश गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया