३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेपाल विश्वकप क्रिकेटमा छनोट


November 3, 2023
0
Shares

काठमाडौं, १७ कात्तिक । नेपाल विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंमा भएको प्रतिष्पर्धामा युएईलाई पराजित गर्दै नेपाल ट्वेन्टी ट्वेन्टी विश्वकपमा छनोट भएको हो ।

युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७ बल बाँकी रहँदै २ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालले टी ट्वेन्टी ग्लोबल क्वालिफाइङ अन्तर्गतको फाइनल पनि खेल्नेछ । २०२४ को विश्वकप खेल्ने टुंगो लागेका नेपाल र ओमानबीच आइतबार ग्लोबल क्वालिफाइङको फाइनल हुनेछ ।

प्रतिक्रिया