१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रिगललाई कैद माफी दिने निर्णय बदर, थुनामा पठाउन सर्वोच्चको आदेश


November 2, 2023
0
Shares

काठमाडौं, १६ कात्तिक । जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश दिएको हो ।

इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेको छ । साथै उनलाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश समेत दिएको छ ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले रिट दिएकी थिइन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया