१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रुपेश सर्राफको हत्याका मुख्य सुटर फरार,पाँच जना सार्वजनिक


November 1, 2023
0
Shares

काठमाडौं,१५ कात्तिक । बाराको कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक गुड्डु भनिने रुपेश सर्राफको हत्यामा संलग्न मध्येका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार दिउँसो कलैया भरतचोक नजिकै सञ्चालक सर्राफको गोली हानी हत्या गरिएको थियो । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका–६ बस्ने राधा गुप्ता, जमिल अख्तर, रियाज अन्सारी र भारत मोतिहारि घोडासहन–१२ बस्ने २३ वर्षे चन्दन यादव र सोही ठाउँका २३ वर्षीय अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिए । सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ । हत्याका मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने भारतमा फरार रहेका छन् ।
पक्राउ परेका राधासँग दुई पक्षीय प्रेम प्रसङ्ग रहेकाले सर्राफ र मनोजबीच केहि दिन अघि कलैयामा भगडा समेत भएको थियो । सर्राफले सञ्चालन गरेको स्कुलमा राधा बिगत एक वर्षदेखि लेखापालको रुपमा काम गर्दै आएकी थिइन् । दुई पक्षीय प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको प्रहरीले जनाएको छ । तस्बिर :  शिवसंकर मिश्र

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया