८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

गोठाटारमा गोली चलाएर लागूऔषधका कारोबारी पक्राउ


November 1, 2023
0
Shares

काठमाडौं, १५ कात्तिक । लागूऔषधको कारोबारी पक्राउका क्रममा प्रहरीले गोली चलाएको छ । काठमाडौंको गोठाटारमा गोली चलाएर एक नेपाली र अर्का भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

भारतीय नागरिक मोहमद करिम र झापा घर भएका नेपाली नागरिक हर्क लिम्बूलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । प्रहरीका अनुसार कारोबारीको साथमा हतियार थियो । उनीहरुको साथबाट पेस्तोल, गोली, २ सय ग्राम खैरो हेरोइन बरामद भएको छ ।

प्रतिक्रिया