१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

रिगल ढकाललाई पूनः जेल हाल्नुपर्ने माग


October 30, 2023
0
Shares

काठमाडौं, १३ कात्तिक । नवौं संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल ढकाललाई दिएको आममाफी झनैं पेचिलो बन्दै गएको छ । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका रिगल डन भनिने योगराज ढकालले संविधान दिवसका दिन आममाफी पाएका थिए ।

रिगलको आममाफीविरुद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । उनले दायर गरेको रिटको सुनुवाई कात्तिक १४ गते (भोलि) का लागि तोकिएको छ । भोलि सुनुवाइ रहेको उक्त रिटबाट पीडितको पक्षमा फैसला हुनुपर्ने र भारतीले न्याय पाउनुपर्ने भन्दै आज (सोमबार) सामाजिक अभियन्ता, मानवअधिकारकर्मी, कानुनविद् र सरोकारवालाहरुले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेका छन् ।

कार्यक्रममा अन्तराष्ट्रिय मानवअधिकारकर्मी विद्या श्रेष्ठ मानन्धरले आममाफीको नाममा हत्यारालाई उन्मुक्ति दिनु गलत भएको बताईन् । आफूहरु विधिको शासनका लागि लडिरहेको बताउँदै उनले आममाफी पुनर्विचार गरिनुपर्ने धारणा राखिन् । ‘आममाफीको नाममा हत्यारा र ठूला–ठूला अपराधी छुट्ने गरेका छन् । के यो न्याय हो ? हामी नेपालीहरु विधिको शासनमा विश्वास गर्छौं । रुल अफ ल कायम हुनुपर्छ भनेर हामी लडिरहेका छौं,’– उनले भनिन् ।

राष्ट्रपतिलगायत जनताले जिताएर पठाएका जनप्रतिनिधिहरु विधिको शासन कायम गर्न असफल भएको उनको टिप्पणी छ । रिगल ढकालको आममाफीका बारेमा आफूले संयुक्त राष्ट्रसंघको फ्रन्ट लाईन डिफेन्डरमा पनि कुरा राखेको उनले बताईन् । रिगलले व्यक्ति हत्या र भारतीको चरित्र हत्या गरेर दुईवटा अपराध गरेको उनको दाबी छ । रिगलको आममाफी मानवअधिकारकर्मी लगायत आफूहरुले स्वीकार गर्न नसक्ने उनले बताईन् ।

‘रिगल ढकालको अन्तरवार्ता पनि मैले हेरेको छु । यो विषयमा मैले हाम्रो फ्रन्ट लाईन डिफेन्डरमा पनि कुरा राखेको छु । उहाँले दुईवटा अपराध गरेको मैले ठानेको छु । एउटा चेतन मानन्धरलाई खुँडाले हानेर हत्या, अर्को उहाँले भारती बहिनीको चरित्रहत्या गरेर अपराध गर्नुभएको छ ।’ उनले भनिन्, ‘उहाँ अपराधी हुनुहुन्छ भनेर मैले ठम्याएको छु । उहाँलाई आममाफी मान्दैनौं ।’

उनले भोलि हुन गइरहेको उक्त मुद्दाको सुनुवाइले राष्ट्रपतिको गलत कदमलाई सही ट्रयाकमा ल्याउने पनि विश्वास व्यक्त गरिन् । ‘१४ गते उक्त मुद्दाको सुनुवाइ हुन गइरहेको छ । मलाई आशा छ, हामी विधिको शासनमा विश्वास गर्ने नेपाली भएकाले सम्मानीत सर्वोच्च अदालतले राष्ट्रपतिको गलत कदम आममाफी फिर्ता गराएर अपराधीलाई उन्मुक्ति दिने काम बन्द गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं,’– उनले भनिन् ।

सामाजिक अभियन्ता रविन्द्रकुमार श्रेष्ठले रिगलको आममाफीबाट भारती मानन्धरलाई अन्याय परेको दाबी गरे । ज्यान सम्बन्धी कसुृरमा जेल जीवन विताइरहेका रिगललाई आममाफी दिने निर्णय गरेर मन्त्रिपरिषददेखि राष्ट्रपतिले समेत भारतीमाथि अन्याय गरेको उनले बताए । आममाफी

प्रतिक्रिया