युएईसँग पराजित हुँदा नेपालले गुमायो उपाधि

काठमाडौं, १० कात्तिक । अन्तिम दुई बल बाँकी रहँदा पनि नेपालका लागि उपाधिको आशा जिवितै थियो । तर, युएईले एक बल बाँकी छँदै छक्का हानेर १६२ रनको लक्ष्य पार गरेर त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको उपाधि जित्यो ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ८ विकेट गुमाएर १६२ रन बनाएको थियो । युएईका सुरुवाती ब्याट्सम्यानले बिष्फोटक ब्याटिङ गरेर जिततर्फ बढाएका थिए ।
नेपालले फाइनलमा पुग्नु अघि युएईलाई हराएको थियो । तर, फाइनलमा भने चुक्यो ।