१२ श्रावण २०८१, शनिबार | July 27, 2024

दुई महिना देखि वेपत्ता चिनियाँ रक्षामन्त्री साङफु पदबाट बर्खास्त


October 25, 2023
0
Shares

एजेन्सी, ८ कात्तिक । चिनियाँ रक्षामन्त्री ली साङफु दुई महिनादेखि वेपत्ता छन् । उनकाबारे विभिन्न टिकाटिप्पणी पनि भए । अन्ततः चीनले उनलाई पदबाट बर्खास्त गरिएको औपचारिक जानकारी खुलाएको छ ।

चिनियाँ सरकारी टेलिभिजनले साङफुको रक्षामन्त्री, राज्य परिषद् सदस्यलगायत सम्पूर्ण पदबाट बर्खास्तगीको सूचना दिएको हो । त्यसको कारण भने खुलाइएको छैन । उनीमाथि भ्रष्टाचारको आरोपमा कारबाही भएको अनुमान लगाइएको छ ।

रक्षामन्त्री साङफु मात्र नभई उच्च सैनिक अधिकारीहरुमाथि पनि कारबाही भएको छ । विदेशमन्त्रीबाट किन गाङ जुलाई महिनामा हटाइएका थिए । गाङमाथि पनि गम्भीर आरोपसहितको कारबाही भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेतृत्वमा असिमित कार्यकालको राजनीतिक व्यवस्था गरेपछि तेस्रोकार्यकाल पदमा रहँदा गरेको ठूला कारबाही हो । चिनफिङका निकटस्थ मानिएका दुवैको कारबाहीलाई अर्थपूर्ण मानिएको छ ।

चिनफिङ सन् २०१२ मा शक्तिमा आएपछि पनि ठूला कारबाहीहरु गरेका थिए । उनी माओपछिको शक्तिशाली नेताका रुपमा प्रस्तुत भएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया