२३ भाद्र २०८१, आइतबार | September 8, 2024

गणतन्त्रमा जनता निराश र हताश रहेको पूर्वराजाको निष्कर्ष, जनतामाथि घात नगर्न चेतावनी


October 21, 2023
0
Shares

काठमाडौं, ४ कात्तिक । यसवर्षको बडादशैका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश शुक्रबार साँझ सार्वजनिक भयो । विगतको वर्षमा भन्दा यसवर्ष शाहको शुभकामना नरम तर चेतावनीयुक्त सन्देशको देखियो ।

शाहले गणतन्त्र आएदेखि नेपाली उत्साही र हर्षित नभएको ठहर निकालेका छन् । उनले एक तिहाई नागरिक विदेशिनुपरेको पीडा उल्लेख गरेका छन् । देश झन् खराबी तिर गएको उनको भनाई छ ।

व्यक्तिगत स्वार्थ, दलीय भागवण्डा, राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितीबाट जनता आजित भएको भन्दै देश र जनता माथि कुनै प्रकारको घात नगर्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया