२२ भाद्र २०८१, शनिबार | September 8, 2024

२०४० मा भारतले चन्द्रमामा मानव पठाउने


October 17, 2023
0
Shares

एजेन्सी, ३० असोज । भारतले सन् २०४० भित्र चन्द्रमामा मानव पठाउने भएको छ । उसले २०२५ मा अन्तरीक्षमा मानव पठाउने र २०३५ मा अन्तरीक्ष केन्द्र स्थापना गर्ने लक्ष्य लिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको पहिलो मानवसहितको अन्तरीक्षयान गगनयानको प्रगतिबारे बैठकमा यस्तो लक्ष्य सार्वजनिक भएको हो । टाइम्स अफ इन्डियाले बैठकले महत्वाकांक्षी लक्ष्यबारे निर्णय लिइएको उल्लेख गरेको छ ।

बैठकमा विभिन्न समयमा गरिएका परीक्षणबारे अवगत गराइएको थियो । २० वटा मुख्य परीक्षणबारे पनि छलफल भएको जनाइएको छ ।

भारतले २०२३ मा चन्द्रमामा यानको सफल अवतरण गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो मुलुक समेत बनेको छ । योसँगै उसको अन्तरीक्षमा महत्वाकांक्षी योजनाहरु सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया