१२ श्रावण २०८१, शनिबार | July 27, 2024

शेखर कोइरालाले बढाए शक्ति


October 17, 2023
0
Shares

काठमाडौं, ३० असोज । नेपाली काँग्रेसको महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवाबाट पराजित भएका थिए डा. शेखर कोइराला । त्यसपछि उनले ४० प्रतिशत हिस्सा हरेक नियुक्तिहरुमा माग्दै आए तर पाएनन् ।

काँग्रेसबाट मन्त्री बनाउँदा होस् या अन्य नियुक्तिहरुमा नै किन नहोस् शेखरले असन्तुष्टि मात्र जनाए तर सम्झौता गर्न वाध्य भए । उनलाई कतिपय आफ्नै भनिएकाले पनि साथ दिएनन् ।

डा. शेखरले पछिल्लो समय आफू निकटस्थ मार्फत् प्रचण्ड नेतृत्वको सरकारको र देउवाको विरोध गर्दै आए । उनी पनि आन्तरिक बैठकमा असन्तुष्टि जाहेर गर्दै रहे ।

कोशी प्रदेश सरकार गठनको गञ्जागोलमा भने शेखरले नयाँ खेल खेले । नेकपा एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सके । यसले गठबन्धनभित्र तरंग नै आयो ।

एमालेलाई जसरी हुन्छ माओवादीसँग काँग्रेसको गठबन्धन टुटाउनु थियो । यसको प्रयासस्वरुप एमालेले शेखर पक्षका कार्कीलाई साथ दियो । तर, यो घटनाले शेखरको शक्ति प्रदर्शन भएको छ काँग्रेसभित्र ।

अब हरेक निर्णयहरुमा उनले आफ्नो दाबी बढाउने देखिएको छ । राजनीतिमा साहस र जोखिमयुक्त निर्णयको खाँचो छ । यसपटक शेखरले त्यो देखाए ।

कतिपयले शेखरले राजनीतिक संस्कार नदेखाएको सम्म भने । तर, राजनीतिमा सत्ता र शक्तिका लागि नयाँ नयाँ निर्णयहरु लिइन्छ । जुन उनले लिइछाडे ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया