१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोशीमा सहमतिको सरकार बन्ने मुख्यमन्त्री कार्कीको भनाई


October 15, 2023
0
Shares

काठमाडौं,२८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सहमतिको सरकार बन्ने बताएका छन् ।

आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारसँग कुरा गर्दै सहमतिको सरकार बन्ने दाबी गरेका हुन्।

नयाँ मन्त्रिमण्डल बनेसँगै कोशीमा मध्यावधिको सम्भावना टरेको छ। मुख्यमन्त्री कार्कीले आइतबार नेपाली कांग्रेस र नेकपा एमालेबाट एक–एक जना मन्त्री नियुक्त गरेका छन्।

आफूलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका कांग्रेस सांसद शमशेर राई र नेकपा एमालेका सां‌सद रामबहादुर राना मगरलाई कार्कीले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।

 

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया