२३ भाद्र २०८१, आइतबार | September 8, 2024

शेखरलाई ओलीको प्रधानमन्त्री प्रस्ताव, काँग्रेसमा के होला ?


October 13, 2023
0
Shares

काठमाडौं, २६ असोज । कोशी प्रदेश सरकार गठनमा नेपाली काँग्रेसभित्रको विवाद छताछुल्ला भएको छ । काँग्रेसको डा. शेखर कोइराला समूहले सत्ता गठबन्धनका इन्द्र आङ्बोविरुद्ध केदार कार्कीलाई मुख्यमन्त्रीमा खडा गरेपछि विवाद छताछुल्ल भएको हो ।

कार्कीको उम्मेदवारी फिर्ता नभए उनी नै नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्ने सम्भावना छ । यसले काँग्रेसमा भने धाँजा फाट्न सक्छ ।

काँग्रेसभित्र शेखर कोइराला सत्ता गठबन्धनको विरोध गर्दै आएका छन् । उनी यसको विकल्पमा जानुपर्ने पक्षमा छन् ।

शेखरको सभापति शेरबहादुर देउवाविरुद्धको असन्तुष्टि यो हदसम्म पुगेको छ कि कुनैपनि बेला काँग्रेस फुट्न सक्छ ।

शेखरलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेको विश्वस्त स्रोतले बताएको छ । यसले पनि शेखर उत्साही भएका छन् । उनी सकभर संसदीय दलको नेता बनेर नभए पार्टी विभाजन गरेर भएपनि प्रधानमन्त्री बन्ने उद्देश्यमा बढिसकेको बुझिएको छ ।

शेखरको ओलीसँग पछिल्लो समय भेट बाक्लिएको छ । उनका निकटस्थले बालकोटमा ओलीलाई भेट्दै आएका छन् । निकटताले प्रचण्ड सरकार ढाल्ने तयारीहरु बढेको छ । यसले पनि काँग्रेसलाई फुटको संघारमा बढाउँदै लगेको छ ।

प्रतिक्रिया