६ पुस २०८१, शनिबार | December 22, 2024

विश्वकप छनोटमा नेपाल लाओससँग बराबरीमा, अवे खेल जित्नैपर्ने दबाब


October 12, 2023
0
Shares

काठमाडौं, २५ असोज । नेपालले विश्वकप छनोटको लाओसविरुद्धको पहिलो लेगको खेलमा बराबरी गरेको छ । बिहिबार दशरथ रँगशालामा भएको खेलमा नेपालका लागि अञ्जन बिष्टले बराबरी गरेका थिए ।

बिष्टले १३औं अन्तर्राष्ट्रिय गोल गर्दै सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने नेपाली खेलाडीको सूचीमा आफूलाई पनि राखेका छन् । उनले हरि खड्का र निराजन रायमाझीको गोल रेकर्ड बराबरी गरेका हुन् ।
खेलको पहिलो हाफमा लाओसले गोल गर्दा नेपाल दबाबमा परेको थियो । दोस्रो हाफमा अञ्जनले गोल गरेर नेपाललाई राहत दिलाए ।

पहिलो लेगमा लाओसले नेपाली भूमिमा गोल गरेकाले लाभ लिएको छ । लाओसमा हुने खेल गोलरहित बराबरीमा रोकिएमा लाओस अर्को चरणको विश्वकप छनोटमा जानसक्छ । नेपाललाई भने जित्नै पर्ने वाध्यता छ । नेपालले बराबरी गरेमा पनि कम्तिमा २ गोल गर्नुपर्ने हुन्छ ।

एशियाबाट फिफा वरियतामा तल रहेका २० टोलीबीच पहिलो लेगको प्रतिष्पर्धा हुनेछ । होम र हवेमा खेनिे खेलको विजेताले दोस्रो चरणको समूह चरणको खेल खेल्नेछ ।

सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा एशियाबाट ८ राष्ट्र छनोट हुनेछन् । यसपटक विश्वपकमा ४८ देश छनोट हुने भएकाले एशियाबाट पनि संख्या बढेको हो ।

तल्लो वरियतामा रहेका २० मध्ये दश राष्ट्र दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा ९ समूह बनाएर प्रत्येक समूहबाट ४ देशले प्रतिष्पर्धा गर्नेछन् । हरेक समूहका विजेता र उपविजेता तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

तेस्रो चरणमा प्रत्येक समूहमा ६ टोली गरी तीन समूह १८ राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । हरेक समूहबाट विजेता र उपविजेता विश्वकपमा छनोट हुनेछन् । प्रत्येक समूहमा तेस्रो र चौंथो हुने टोलीको समूह ए र बी गरी दुई समूहको प्रतिष्पर्धा हुनेछ । जसमध्ये प्रत्येक समूहको विजेताले विश्वकपको टिकट काट्नेछ ।-File Photo

प्रतिक्रिया