६ आश्विन २०८१, आइतबार | September 22, 2024

इजरायलबाट २५३ जना नेपाली बोकेर उड्यो जहाज


October 12, 2023
0
Shares

काठमाडौं,२५ असोज । अलपत्र परेका नेपाली विद्यार्थीलाई बोकेर नेपाल एयरलायन्सको वाइडबडी जहाज इजरायलबाट उडेको छ । इजरायली समय अनुसार १ः३० अर्थात नेपाली समय अनुसार ४ः५५ बजेतिर विमान उडेको हो ।

सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका २५३ जना विद्यार्थी बोकेको जहाज नेपालका लागि उडेको हो । उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल पुगेका छन् ।

इजरायलको तेल अभिबस्थित बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण नेपालीहरु अलपत्र परेको थिए । उक्त विमान आज राति १ः३० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने जनाइएको छ ।

प्रतिक्रिया