३१ भाद्र २०८१, सोमबार | September 17, 2024

देश कालोबजारीको हातमा, दशैंको मुखमा संगठित रुपमा कृत्तिम अभाव खडा गरी मूल्यवृद्धि


October 11, 2023
0
Shares

काठमाडौं, २४ असोज । के तपाईँ बजारमा सामान किन्न जानुभएको छ ? यति छ भने तपाईंको कन्सिरीको रौं नै तात्छ । उपभोग्य सामाग्रीको मूल्य कृत्तिम रुपमा बढाइएको छ । कतिपय सामान लुकाएर व्यापारीले अभाव सृजना गरेका छन् ।

बजारमा अहिले चिनी पाइँदैन । कालोबजारीले प्रतिकेजी १५० रुपैयाँले बेचिरहेका छन् । सरकारको निकाय भने आँखा चिम्लिएर बसेको छ ।

दालको मूल्य प्रतिकेजी ४० देखि ४० रुपैयाँ बढाइएको छ । गेडागुडीको मूल्य त्यस्तै बढेको छ ।

दशैंमा यसपाली कहिले नभएको मूल्यवृद्धि हुँदा पनि सरकारको नियमनकारी निकाय सुस्त छ । यसको कारण हो मिलेमतो । ठूला व्यापारीसँग सरकारका जिम्मेवार अधिकारी र कर्मचारी नै मिलेका छन् ।

पछिल्लो समय दशैंप्रति वितृष्णा जगाउन पनि यस्ता गतिविधि भएका छन् । दशैं आयो कि कालोबजारी गराउने, सामानको मूल्य बढाउने गर्दा सामान्य व्यक्तिहरु दशैं नै मान्न छाड्ने अवस्था बनाउन खोजिएको छ ।

प्रतिक्रिया